सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शिवम् होल्डिङ्सले आईपीओ निष्कासन गर्ने

शिवम् होल्डिङ्सले आईपीओ निष्कासन गर्ने

नागरिक पाटी

१५, मंसिर २०८०
  • 3.2K
    SHARES
  • शिवम् होल्डिङ्सले आईपीओ निष्कासन गर्ने
    images

    काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको करिब ८५ प्रतिशत सेयर लगानी रहेको शिवम् होल्डिङ्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

    images

    जारी पुँजी पाँच अर्ब ८० करोडको २० प्रतिशत बराबर हुने १०० का दरको एक करोड १६ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो ।

    शिवम् होल्डिङ्सका अध्यक्ष शिवरतन शारदाको उपस्थितिमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गर्नेसम्बन्धी सम्झौता गरेको छ ।

    शिवम् होल्डिङ्स २०७९ सालमा पब्लिक लिमिटेडमा नियमानुसार परिणत भएको हो । कम्पनीले सिमेन्ट तथा क्लिङकर उत्पादन गर्दै आएको छ ।

    यसको अधिकृत तथा जारी पुँजी पाँच अर्ब ८० करोडमध्ये संस्थापकहरूतर्फ ८० प्रतिशत अर्थात चार अर्ब ६४ करोड र सर्वसाधारणतर्फ एक अर्ब १६ करोड सेयर पुँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १५, २०८० शुक्रवार - १८:०५:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology