आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धुनिवेशीमा स्थायी बन्ध्याकरण शिविर, १२ जनाले लिए सेवा

धुनिवेशीमा स्थायी बन्ध्याकरण शिविर, १२ जनाले लिए सेवा

नागरिक पाटी

१६, मंसिर २०८०
  • 7.1K
    SHARES
  • धुनिवेशीमा स्थायी बन्ध्याकरण शिविर, १२ जनाले लिए सेवा

    धादिङको धुनिवेशी नगरपालिका स्थित छत्रेदेउराली स्वास्थ्य चौकीमा भएको परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर मार्फत १२ जनाले सेवा लिएका छन् । स्वास्थ्य कार्यालय धादिङको आयोजना तथा धुनिवेशी नगरपालिकाको सहकार्यमा भएको उक्त शिविरमा १ जना महिलाको मिनिल्याप र ११ जना पुरुषको भ्यासेक्टोमी गरिएको स्वास्थ्य चौकी प्रमुख सरोज खड्काले नागरिक पाटीलाई बताउनुभयो ।

    images

    स्वास्थ्य कार्यालय धादिङले यहि मँसिर ८ गते देखी विभिन्न स्थानिय तहको सहकार्यमा परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर गर्दै आएको छ । यसअघि गगाँजमुना, त्रिपुरासुन्दरी, नेत्रावती डबजोङ, बेनिघाट रोराङ, गल्छि र थाक्रे गाउँपालिकामा शिविर सम्पन्न भईसकेको छ । यस चरणको शिविर अन्तर्गत धुनिवेशीमा अन्तिम शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०८० शनिवार - २०:५७:०६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology