सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार ७ अङ्कले घट्यो

शेयर बजार ७ अङ्कले घट्यो

नागरिक पाटी

१७, मंसिर २०८०
  • 2.4K
    SHARES
  • शेयर बजार ७ अङ्कले घट्यो
    images

    शेयर बजार हप्ताको पहिलो दिन ७ अङ्कभन्दा धेरैले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ विन्दुमा झरेको छ ।

    images

    आज माइक्रोफाइनान्सबाहेक सबै समूहको शेयर घटेको छ । आज बीमा, होटल तथा पर्यटन, विकास बैंक र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज माउन्टेन इनर्जी नेपाल, युनाइटेड आईडीआई मर्दी र एनआरएन इन्फ्रस्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्र बजार घटेको दिन थ्री स्टार हाइड्रोपावरको शेयर साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

    आज ३४ लाख १९ हजार कित्ता शेयर ९६ करोड ४० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको ६ करोड ९५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १७, २०८० आइतवार - १७:५४:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology