शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कक्षा ११ का विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला

कक्षा ११ का विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला

नागरिक पाटी

२०, मंसिर २०८०
  • 4.7K
    SHARES
  • कक्षा ११ का विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला

    काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ ।

    images
    images

    शैक्षिक वर्ष २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले आउँदो पुस १५ गतेभित्र आवेदन फारम भर्न सक्ने र विलम्ब शुल्कसहित पुस मसान्तभित्र भर्न पाउने बोर्डले जनाएको छ । पुस १५ भित्र आवेदन बुझाउँदा ४ सय रुपैयाँ शुल्क लाग्नेछ । त्यसपछि पुस मसान्तभित्र बुझाउँदा दोब्बर शुल्क ८ सय रुपैयाँ लाग्ने बोर्डले जनाएको छ ।

    पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचनाअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १ दशमलव ६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने र त्यसैका आधारमा रजिस्ट्रेशन फारम भर्नुपर्नेछ । त्यसका लागि आवेदन फारमसँगै प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईई कक्षा १० को ग्रेडशिटको प्रतिलिपिसमेत पेस गर्नुपर्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २०, २०८० बुधवार - ११:१५:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology