गल्छीमा प्याब्सन आबद्ध शिक्षकलाई दुईदिने चेस स्कुल इन्स्टक्टर तालिम सुरु भएको छ । प्याब्सन वाग्मती प्रदेश र नेपाल चेस महासँघको सहकार्यमा धादिङ, नुवाकोट र रसुवाका प्याब्सन आबद्ध शिक्षकहरुलाई दुईदिने चेसको स्कुल प्रशिक्षक तालिम सुरु भएको हो । तालिम शनिबार सम्म सञ्चालन हुनेछ ।

धादिङको गल्छि ६ मा रहेको त्रिशूली बिच रिसोर्टमा भएको उद्घाटन कार्यक्रममा वाग्मती प्रदेश प्रशिक्षण विभाग प्रमुख रामचन्द्र अर्यालका साथै प्याब्सन पुर्व केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथी शान्त विक्रम वानियाँको उपस्थिती थियो । यस्तै धादिङ र नुवाकोटका प्याब्सन आबद्ध पदाधिकारीहरु, नेपाल चेस महासँघको केन्द्रीय अध्यक्ष, महासचिव, चेसको धादिङ जिल्ला अध्यक्ष विकास कार्की लगायतको सहभागीता थियो ।