धार्के,धादिङ । धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा मुटु सम्बन्धि निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न भएको छ ।
शनिबार देखि सुरु भएको मुटु सम्बन्धि निःशुल्क स्वास्थ्य परिक्षण धादिङको धुनिबेशी नगरपालिका भित्र रहेका ५वर्ष देखि १५ वर्ष सम्मका विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गरिने नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले जानकारी दिनु भएको छ ।

धुनिवेशी नगरपालिका र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीको संयुक्त आयोजनामा शनिबार धुनिवेशी वडा नं ५, पुरानो धार्के स्थित भुवनेश्वरी भुवनेश्वरी माध्यमिक विद्यालयबाट सुरु गरिएको नगरपालिकाका प्रमुख आचार्यको भनाइ छ। त्यस्तै धुनिबेशी नगरपालिकाका नगर प्रमुख आचार्यले बालबालिकाहरूलाई पनि स्वास्थ्यमा बिभिन्न समस्या आउँ सक्ने भएकोले यो शिविर सञ्चालन गरिएको बताएका छन् ।
आज शनिबार सञ्चालन भएको स्वास्थ्य परिक्षणमा भुवनेश्वरी मा.विका २ सय ४८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। जस मध्ये ६ जनालाई समस्या देखिएको र १२ जनालाई सामान्य समस्या देखिएको नगरपालिकाले बताएकामे छ ।
शिविरमा परीक्षण गराइएका मध्ये समस्या देखा परे वा अप्रेसन गर्नुपरेमा समेत सबैलाई निःशुल्क उपचार गर्ने शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका निर्देशक डा. चन्द्र मणि अधिकारीले बताएका छन् ।
