आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

हिमालयन रिको आईपीओ बाँडफाँट

हिमालयन रिको आईपीओ बाँडफाँट

नागरिक पाटी

२४, मंसिर २०८०
  • 5.5K
    SHARES
  • हिमालयन रिको आईपीओ बाँडफाँट

    हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको आइपिओ बाँडफाँट भएको छ । कम्पनीले आइतबार बिहान श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो ।

    images

    बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज शेयर बाँडफाँड गरेको हो । क्यापिटलका अनुसार आईपीओमा कुल ३२ हजार ६४ जनाले आवेदन दिएका थिए । जस मध्ये ८ जनाको आवेदन रद्द भएको छ । योग्य कायम भएका ३२ हजार ५६ जना आवेदकलाई शेयर बाँडफाँड गरिएको छ । लगानीकर्ताले १८० कित्तासम्म शेयर पाएका छन् ।

    क्यापिटलका अनुसार १० कित्ता देखि १७० कित्तासम्मको लागि आवेदन दिनेले माग बमोजिम कै शेयर पाएका छन् । १८० कित्ता देखि १९ हजार ५ सय कित्तासम्मको लागि आवेदन दिनेले पनि समान १७० कित्ता शेयर पाएका छन् । १८० कित्ता देखि १९ हजार ५ सय कित्तासम्मको लागि आवेदन दिने ६ हजार ९ सय ३४ जना आवेदन मध्येबाट गोलाप्रथा गरि २ हजार ६ सय ५१ जनाले थप १० कित्ता शेयर पाएका छन् । यसरी २ हजार ६ सय ५१ जनाले १८० कितात शेयर पाएका छन् ।

    कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २४, २०८० आइतवार - ११:१३:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology