सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

तीन महिनापछि तीन अर्बको सेयर कारोबार

तीन महिनापछि तीन अर्बको सेयर कारोबार

नागरिक पाटी

२५, मंसिर २०८०
  • 3.6K
    SHARES
  • तीन महिनापछि तीन अर्बको सेयर कारोबार
    images

    हिजो आइतवार उच्च अङ्कले बढेर सर्किट लागेको शेयर बजार आज सोमवार भने घटेको छ । दिनभर उतारचढाव भएको शेयर बजार परिसूचक नेप्से बन्द हुने बेलामा १५ दशमलव ४० अङ्कले घटेर १ हजार ९ सय ४८ दशमलव ५७ विन्दुमा झरेको छ ।

    images

    आज निर्जीवन बीमा, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक, जीवन बीमा, होटल तथा पर्यटन, व्यापार, फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै समता घरेलु लघुवित्तको शेयर ७ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल, सामुदायिक लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

    आज बजार घटे पनि कारोबार रकम भने बढेको छ । आज १ करोड ८६ लाख कित्ता शेयर ४ अर्ब ८४ करोड रुपैयाँमा कारोबार भयो । यो कारोबार रकम ५ महिनायताकै उच्च हो । यसअघि गएको असार १७ गते ५ अर्ब १ करोड रुपैयाँको शेयर कारोबार भएको थियो । त्यसयता कारोबार रकम ५ अर्ब रुपैयाँ पुग्न सकेको थिएन । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको २५ करोड रुपैयाँको शेयर किनबेच भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २५, २०८० सोमवार - १५:५५:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology