सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजार परिसूचक नेप्से आज ३२.७७ अङ्कले घट्यो

शेयर बजार परिसूचक नेप्से आज ३२.७७ अङ्कले घट्यो

नागरिक पाटी

५, पौष २०८०
  • 3.2K
    SHARES
  • शेयर बजार परिसूचक नेप्से आज ३२.७७ अङ्कले घट्यो
    images

    लगातार सात दिनसम्म बढेको शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ७७ अङ्कले घटेर दुई हजार एक सय नौ दशमलव १० विन्दुमा झरेको छ ।

    images

    आज व्यापार र उत्पादन समूहको शेयर सामान्य बढे पनि अरू सबै समूहको शेयर ओरालो लागेको छ । समग्रमा बजार घटे पनि १० वटा कम्पनीको शेयर भने बढेर सकारात्मक सर्किट लागेको छ । आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्सुरेन्सको शेयर झन्डै आठ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको शेयर सात प्रतिशतले घटेको छ ।

    बजारसँगै आज कारोबार रकममा पनि कमी आएको छ । हिजो बुधवार सात अर्ब रुपैयाँको कारोबार भएकोमा आज एक करोड ७१ लाख कित्ता शेयर छ अर्ब २७ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ५, २०८० बिहिवार - १७:३०:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology