गल्छी गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री किरान्चोक कार्कीडाँडा माध्यमिक विद्यालयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सामुदायिक बिद्यालयमा घट्दो शैक्षिक गुणस्तर वृद्धि गर्न के कस्ता समस्या र चुनौती छन् भन्ने बिषयमा गरिएको छ्लफलमा बालबिकास देखि कक्षा पाँच सम्म अध्ययन गर्ने बालबालिकाको आमाहरुको सहभागिता रहेको थियो ।
गाउँपालिकाको युवा तथा शिक्षा शाखाका प्रमुख पेमा दोर्जे थोकरको प्रमुख आतिथ्यता मा भएको कार्यक्रममा ४ नम्बर वडा अध्यक्ष राजु अधिकारी, शिक्षा शाखाको प्रास ठाकुरनाथ ढुंगाना, विद्यालय व्यवस्थापन समिती अध्यक्ष रेनुका पराजुली सहित सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।
साथै उक्त कार्यक्रममा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा सहभागी जनाउने शिक्षक तथा विद्यार्थीहरुलाई सम्मान साथै पुरस्कार प्रदान पनि गरिएको थियो भने दोश्रो त्रैमाशिक परिक्षाको नतिजा पनि सार्वजनिक गरिएको विद्यालय व्यवस्थापन समितीका सदस्य सुमन सुवेदीले जानकारी दिनुभयो ।