शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बाल बिकास शिक्षकहरुको लागि ७ दिने आधारभुत तालिम, तालिम अवधिमै बालविकास केन्द्रको अवलोकन

बाल बिकास शिक्षकहरुको लागि ७ दिने आधारभुत तालिम, तालिम अवधिमै बालविकास केन्द्रको अवलोकन

नागरिक पाटी

८, पौष २०८०
  • 5.2K
    SHARES
  • बाल बिकास शिक्षकहरुको लागि ७ दिने आधारभुत तालिम, तालिम अवधिमै बालविकास केन्द्रको अवलोकन

    बेनिघाटरोराङ ,धादिङ । बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि बाल विकासको उमेरमा विशेष ख्याल र बालबालिकाहरुमा लगानी गर्नुपर्ने बेनिघाटरोराङ गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया९बिबेक०ले बताउनुभएको छ । बेनिघाटरोराङ गाउँपालिकाले बालबालिका र शिक्षालाई केन्द्रमा राखेर योजनाबद्ध रुपमा काम थालनी गरेको बालबालिकाहरुको शिक्षाको जग बाल बिकास कक्षा भएकाले पालिकाले विकास साझेदारहरुसँग समन्वय तथा सहकार्य समेत गरि शैक्षिक सुधारमा केन्द्रित भएर काम गरिरहेको पनि अध्यक्ष थपलियाको भनाई छ । बाल विकास सहजकर्ताहरुको लागि बालमैत्री कक्षा कोठा व्यवस्थापन तथा सामाग्री निर्माण सम्बन्धि क्षमता अभिबृद्धि तालिम समापनको अवसरमा गाउँपालिका अध्यक्ष थपलियाले उक्त कुरा बताउनु भएको हो ।

    images
    images

    बाल विकास उमेर समुहका बालबालिकाहरुलाई बालमैत्री सिकाई वातावरणयुक्त कक्षा कोठा, सिकाई विधि शैक्षिक कार्यक्रम मार्फत रुपान्तरणको लागि बेनिघारोराङ गाउँपालिकाले प्रयास नेपालसँगको सहकार्यमा गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा सहकार्य गरिएको शिक्षा अधिकारी बोधराज पाठकले बताउनु भयो । तालिम समापन सत्रलाई सम्बोधन गर्दै प्रमुख प्रशासकिय अधिकृत नर्मदा घिमिरेले बालबलिकाहरुको शैक्षिक सुधारमा टेवा पुर्याउन बालबालिकाहरुको सर्वाङ्गिण विकासको पक्षहरु ध्यान दिई सहभागितात्मक विधीबाट तयार गरिएका क्रियाकलापहरु मार्फत सहजिकरण गर्ने र सम्बन्धित सरोकारवालाहरुको समेत संलग्नता वृद्धि गराई प्रभावकारी रुपमा हरेक बाललबिकास केन्द्रमा कार्यान्वयन गरिने योजना रहे अनुसार नै यो तालिम संचालन भएको र अब सबै बाल विकास शिक्षकहरुले पाठ्यक्रमले तोकेको मापदण्ड अनुसार दैनिक कार्यतालिका बनाई कक्षाकोठामा गएर लागू गर्नुपर्ने र पालिकाको तर्फबाट बालविकास कक्षाको लागि सबै प्रकारको सहयोग हुने बताउनु भयो ।

    बेनिघाटरोराङ गाउँपालिकाका वडा नम्बर ६,८ र १० का सामुदायिक विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना गाउँपालिकाको समन्वय, सहकार्य, चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले सम्बन्धित बिद्यालयसँग समन्वय र सहकार्यमा संचालन भई रहेको छ । बाल विकास सहजकर्ताहरुको ज्ञान, सीप तथा क्षमता अभिबृद्धिको मार्फत बालमैत्री वातावरण तयार गरि सिकाई उपलब्धि बृद्धिमा सहयोग पुरयाउन बाल विकास कक्षा तथा सामाग्री व्यवस्थापन र परिचालन सम्बन्धी ७ दिने आधारभुत तालीम सम्पन्न गरिएको प्रयास नेपाल धादिङका परियोजना व्यवस्थापक केशव सिग्देलले बताउनुभयो । आगामी ५ बर्षसम्मको लागि शिक्षामा पहुँच सुनिश्चिता परियोजना संचालन मार्फत बेनिघाटरोराङ गाउँपालिकालाई सहयोग गर्न लागिएको प्रयास नेपाल धादिङका अध्यक्ष वीर कहादुर श्रेष्ठले बताउनु भयो । परियोजना अन्तरगत बालबालिकाहरुको सर्वाङिण विकाससँग सम्बन्धित सहभागितात्मक विधीबाट तयार गरिएका क्रियाकलापहरु सम्बिधत सरोकारवालाहरुको समेत संलग्नतामा कार्यान्वयन गरिने योजना रहे अनुसार नै यो तालिम गरिएको बताउनु भयो ।

    बेनिघाटरोराङ गाउँपालिकावडा नम्बर ६,८ र १० भित्रका सामुदायिक बिद्यालयका बालबालिकाहरु सिकाई वातावरण सिर्जनामा सहजताको लागि कक्षा कोठामा बालमैत्री सामाग्री सहयोग र बालबालिकाको विकासमा अभिभावक तथा सम्बन्धित सरोकारवालाहरुको भुमिका उत्तरदायित्व लगायतका सवालहरुमा सहजिकरण तथा सहयोग हुने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल जानकारी दिनु भयो ।

    पुस १ गते बाट शुरु भएको आधारभुत तालीममा बालविकासको पाठ्यक्रम, न्युनतम मापदण्ड, बाल विकास के हो ? बाल कक्षामा किन बालमैत्री वातावरण सिर्जना गर्न जरुरी छ, सिकाईमा बाल मनोभावना अनुसार सिकाई क्षेत्रमा विभाजन गरि व्यवस्थापन गर्नुपर्छ, बालबालिका सिकाईमा कसरी सहजिकरण गर्ने , स्थानीय स्तरमा उपलब्धि बस्तुहरुलाई कसरी शैक्षिक सामाग्रीको रुपमा प्रयोग गर्ने, बालबालिका र पारिवारिक सदस्यको सुमधुर सम्बन्ध , परिवारले बालबालिकालाई गर्नुपर्ने स्याहार तथा हेरचाह, अभिभावकसँग नियमित छलफल तथा सचेतना सेसन संचालन बिधि प्रक्रिया लगायतका बिषयमा सेतोगुँरास कपिलवस्तुका प्रशिक्षक भगवती थापाले सहजिकरण गर्नु भएको थियो ।

    2.jpg

    तालिमको अवधिमा नै राष्ट्रिय आवि दक्षिण अयोध्यापुरी माडी नपा वडा नं ८ मा बेनिघाट गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलियाको नेतृत्वमा गाउँपालिकाका वडा नं ६ र ८ का वडाध्यक्षहरु टेकनाथ सिलवाल, राजकुमार श्रेष्ठ, वालविकास प्रशिक्षक, तीन वटै वडाका बालविकास शिक्षकहरु लगायतको करिब ३५ जनाको एक समूहले बालविकास केन्द्रको अवलोकन तथा सिकाई आदान प्रदान समेत सम्पन्न भएको छ । अवलोकन तथा सिकाई आदान प्रदान कार्यक्रममा बालमैत्री बाल विकास कक्षाकोठा व्यवस्थापन, अभिभावकहरुको संलग्नता, स्थानिय स्तरमा सामाग्री तयारी प्रयोग व्यवहारिक अनुभव सहित बालविकास सहजकर्ता सोमा पन्तले सहजिकरण गर्नु भएको थियो । तालिमले आफ्नो सोच विचार सकारात्मक परिवर्तन पाठ्यक्रम र बाल विकासको न्यनतम मापदण्ड लगायत बालमैत्री व्यवहार, कक्षाकोठा, बसाइ व्यस्थापन, अभिभावक शिक्षा ,स्थानिय स्तरमा तयार र्न सकिने तालिमको बारेमा सिप र क्षमता विकास भएको र बिद्यालय फर्के पछि लागू गर्ने तालिमका सहभागीरु सानुमाया चेपाङ, अनुष्का मगर, प्रिति श्रेष्ठ, मिनु आले, सन्तोष चेपाङ लगायत २३ जना बाल विकास सहजकर्ताहरुले प्रतिवद्धता गर्नु भएको प्रयास नेपाल धादिङका फिल्ड कार्यक्रम अधिकृत सुमित्रा चेपाङले जानकारी दिनु भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ८, २०८० आइतवार - १४:२३:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology