सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से सूचक ३० अंकले घट्यो

नेप्से सूचक ३० अंकले घट्यो

नागरिक पाटी

१७, पौष २०८०
  • 3.2K
    SHARES
  • नेप्से सूचक ३० अंकले घट्यो
    images

    सेयर बजार परिसूचक नेप्से मंगलबार ३० अंकले घटेको छ । आइतबारदेखि नै निरन्तर ओरालो लागेको नेप्से सूचक मंगलबार ३०.०५ अंकले घट्दै २०३०.१० विन्दुमा झरेको हो । 

    images

    यसदिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ४.५४ अंकले घट्दै ३८०.५३ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । तर कारोबार भने आज पनि ४ अर्ब माथि (४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको) १ करोड ११ लाख ८५ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.२१ प्रतिशतले घटेको छ भने निजीवन बीमा समूहको उपसूचक २.७६ प्रतिशतले घटेको छ । 

    आज चिरखावा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समान १० प्रतिशतले घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १७, २०८० मंगलवार - १५:५२:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology