शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ईपीएस भाषा परीक्षा तीन चरणमा हुने

ईपीएस भाषा परीक्षा तीन चरणमा हुने

नागरिक पाटी

२४, पौष २०८०
  • 2.8K
    SHARES
  • ईपीएस भाषा परीक्षा तीन चरणमा हुने

    रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा तीन चरणमा हुने भएको छ । उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा तीन चरणमा हुने भएको हो । यो विषयमा ईपीएस मार्फत कामदार छनोट गर्दै आएको कोरियाली सरकारी निकाय एचआरडी कोरियाले नेपाल सरकारलाई जानकारी गराएको हो ।

    images
    images

    वैदेशिक रोजगार विभागसँगको बैठकमा भाषा परीक्षा तीन चरणमा हुने बताएको हो । पहिलो चरणको परीक्षा जनवरी २० अर्थात् माघ ६ गतेदेखि हुने भएको छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र तेस्रो चरणको भाषा परीक्षा हुनेछ ।

    वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले कोरिया पक्षले तीन चरणमा भाषा परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका बनाएको बताए ।

    पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराइनेछ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिनेगरी एचआरडी कोरियाले कार्यतालिका बनाइसकेको उनको भनाई छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुनेछ ।

    उत्पादनमूलक क्षेत्रका लागि १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका थिए । जसमा पहिलो पटक १ लाख ४३ हजार ८१२ जनाले आवेदन दिएका थिए । भने त्यसपछि पानी जहाज निर्माण क्षेत्रका आवेदनकर्ताका लागि आह्वान गरिएकोमा २० हजार ९०४ जनाले आवेदन दिएका थिए ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - ११:१८:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology