सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

माउन्टेन इनर्जी नेपालले बढायो लाभांश

माउन्टेन इनर्जी नेपालले बढायो लाभांश

नागरिक पाटी

२४, पौष २०८०
  • 2.6K
    SHARES
  • माउन्टेन इनर्जी नेपालले बढायो लाभांश
    images

    माउन्टेन इनर्जी नेपालले बढाएर लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ नगद लाभांश गरि कुल १५।७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    images

    आर्थिक वर्ष २०७९–८० बाट प्रस्तावित लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।

    कम्पनीले २०७७ कार्तिकमा कर्मचारी, सामूहिक लगानी कोषहरु र तथा सर्वसाधारणंका लागि १९ लाख ६८ हजार २७ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो ।

    कम्पनीले हाल नुवाकोट जिल्लाको सुन्दरादेवी गाउँपालिकामा पाँच मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत् आयोजना तथा म्याग्दी जिल्लाको नारच्याङ गाउँपालिकामा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - ११:४५:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology