सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

एनआईबिएल स्टेबल फण्डको इकाईमा आवेदन दिन सकिने

एनआईबिएल स्टेबल फण्डको इकाईमा आवेदन दिन सकिने

नागरिक पाटी

२, माघ २०८०
  • 3.7K
    SHARES
  • एनआईबिएल स्टेबल फण्डको इकाईमा आवेदन दिन सकिने
    images

    एनआईएमबि एस क्यापिटल लिमिटेडले आजदेखि नयाँ म्युचुल फण्ड एनआईबिएल स्टेबल फण्ड निष्काशन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।

    images

    निष्काशन गरिएको इकाईमध्ये एक प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटललाई छुट्याइएको छ भने १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरीएको छ। बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधरणले आवेदन दिन सक्ने छन् ।

    उक्त इकाईमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाइने छ। लगानीकर्ताले आज माघ २ गतेदेखि ५ गतेसम्म आवेदन दिन सक्ने छन् । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने निष्काशन अवधि माघ १६ गतेसम्म लम्बिने छ। यो एक बन्दमुखी योजना हो। जसको अवधि १२ वर्षको हुने छ ।

    लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २, २०८० मंगलवार - १२:१८:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology