सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

शेयर बजारमा उछाल, कारोबार रकम दुई वर्ष यताकै उच्च

शेयर बजारमा उछाल, कारोबार रकम दुई वर्ष यताकै उच्च

नागरिक पाटी

२, माघ २०८०
  • 3.1K
    SHARES
  • शेयर बजारमा उछाल, कारोबार रकम दुई वर्ष यताकै उच्च
    images

    साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा उछाल आएको छ । बजार परिसूचक नेप्से ५४ दशमलव ५४ अंकले बढेर २ हजार १७५ को विन्दुमा पुगेको छ । बलिया र राम्रा कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव २६ अंकले बढेर ३९७ दशमलव ४३ विन्दुमा पुगेको छ ।

    images

    मंगलबार ३०४ वटा कम्पनीको २ करोड ३७ लाख ५३ कित्ता सेयर ८ अर्ब २ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । मंगलबारको कारोबार रकम दुई वर्ष यताकै उच्च हो ।

    यस दिन नेप्सेका १४ वटै उपसमूहमा हरियाली छाएको छ । वित्त समूह सर्वाधिक ४ दशमलव ७५ प्रतिशतले बढेको छ भने लगानी समूह ३ दशमलव ७० प्रतिशतले बढेको छ ।

    मंलबार सोनापुर सिमेन्टको सर्वाधिक २८ करोड ३१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । मंगलबार १४ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । २ सय १४ कम्पनीको शेयर बढ्दा मंगलबार ३१ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २, २०८० मंगलवार - १७:०२:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology