आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

लोवर इर्खुवा हाईड्रोपावरले आइपिओ निष्काशन गर्ने

लोवर इर्खुवा हाईड्रोपावरले आइपिओ निष्काशन गर्ने

नागरिक पाटी

३, माघ २०८०
  • 4.8K
    SHARES
  • लोवर इर्खुवा हाईड्रोपावरले आइपिओ निष्काशन गर्ने

    लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता १ सय रुपैयाँमा २८ लाख ५ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । जसअनुसार कम्पनीले २८ करोड ५ लाख ७५ हजार रुपैयाँमा आइपीओ जारी गर्नेछ । मंगलबार क्यापिटल र हाइड्रोपावर कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

    images

    लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको रजिष्टर्ड कार्यालय, अनामनगर, काठमाडौंमा आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडको तर्फबाट प्रवन्ध सञ्चालक विश्वेश्वर सुवेदीले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको क्यापिटलले नेपाल धितोपत्र वोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा प्रदान गरिरहेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ३, २०८० बुधवार - १२:१२:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology