सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या १९ लाख नाघ्यो

अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या १९ लाख नाघ्यो

नागरिक पाटी

३, माघ २०८०
  • 4.4K
    SHARES
  • अनलाइनबाट सेयर कारोबार गर्नेको संख्या १९ लाख नाघ्यो
    images

    दोस्रो बजारमा शेयर कारोबार गर्न ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) लिनेको संख्या १९ लाख नाघेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० अनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को माघ २ गते मंगलबारसम्ममा दोस्रो बजारमा सेयर कारोबारका लागि अनलाइन प्रणााली ट्रेड म्यानेजमेन्ट सिस्टम ९टीएमएस० खोल्नेको संख्या १९ लाख २ हजार ४७७ ले टीएमएसको युजरनेम र पासवर्ड लिएका हुन् । २०७९ वैशाखमा टीएमएस खोल्नेको संख्या १२ लाख ३५ हजार थियो ।

    images

    धितोपत्र खरिदबिक्रीका लागि लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणालीमा जोड्ने विद्युतीय माध्यम टीएमएस हो । टीएमएसबाट लगानीकर्ताले खरिद तथा विक्री आदेश प्रविष्ट गर्न सक्छन् ।

    टीएमएसमा आवद्ध हुनका लागि पहिले ब्रोकर कार्यालयमा गई खाता खोल्नुपर्छ । लगानीकर्ताले सेयर ब्रोकर मार्फत टिएमएसको युजरनेम र वासवर्ड लिएपछि मात्रै दोस्रो बजारमा सजिलै विभिन्न धितोपत्रहरु किन्न वा बेच्न सकिन्छ । आईपीओ परेपछि सो बिक्रीका लागि पनि टीएमएसको युजरनेम र पासवर्ड लिएर लगइन गरी सो प्रणालीमार्फत मात्रै बिक्री गर्न पाइन्छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ३, २०८० बुधवार - १२:४२:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology