आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मलेखु – मुग्लिन सडक खण्ड विस्तारको काम १ वर्षमा ६ प्रतिशत मात्र

मलेखु – मुग्लिन सडक खण्ड विस्तारको काम १ वर्षमा ६ प्रतिशत मात्र

नागरिक पाटी

४, माघ २०८०
  • 5.2K
    SHARES
  • मलेखु – मुग्लिन सडक खण्ड विस्तारको काम १ वर्षमा ६ प्रतिशत मात्र

    धादिङ । मुग्लिन–मलेखु सडक खण्डको विस्तार र स्तरोन्नतिको काम एक वर्षमा जम्मा ६ प्रतिशत मात्र भएको छ । पृथ्वी राजमार्गअन्तर्गत ३९ किलोमिटर लामो सडकको काम गएको वर्षको पुसदेखि शुरु भएको थियो । तर १ वर्षमा जम्मा ६ प्रतिशत काम मात्रै सम्पन्न भएको छ ।

    images

    सडक विस्तारको काम सुस्त हुँदा यात्रु तथा वरपरका बासिन्दा धुलो, हिलो र खाल्डाखुल्डीले हैरान भएका छन् । काठमाण्डौ भित्रिने र बाहिरिने यात्रुको यात्राको समय लम्बिएको छ ।

    नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षा र चाडपर्वका कारण लक्ष्यअनुसार काम हुन नसकेको हो । १ वर्षमा १५ प्रतिशत काम गर्ने लक्ष्य लिइएको भए पनि नक्साङ्कन परिवर्तन गर्न नै ६ महिना लागेको उहाँले जानकारी दिनुभयो । अहिले पुलको जग निर्माण, नाली निर्माण, मोड सुधारको काम भइरहेको छ ।

    यो सडकमा रहेका ८ वटा पुलमध्ये ६ वटा पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये ५ वटा पुलको काम भइरहेको सूचना अधिकारी आचार्यले बताउनुभयो । हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम शुरु हुन सकेको छैन । अन्य २ वटा पुल ठेक्का लगाउने चरणमा रहेका छन् ।

    ३ वर्षभित्र सम्पन्न गर्ने गरी शर्मा–जेडआई सीजी जेभीले ४ अर्ब ८० करोड रुपैयाँमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । रासस

    images
    images
    images
    प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - ०८:०६:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology