आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चितवनमा ६ महिनामा ९ वटा गैँडा मरे

चितवनमा ६ महिनामा ९ वटा गैँडा मरे

नागरिक पाटी

४, माघ २०८०
  • 3.6K
    SHARES
  • चितवनमा ६ महिनामा ९ वटा गैँडा मरे

    चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गएको ६ महिनामा ९ वटा गैँडा मरेका छन् । तीमध्ये २ वटा सिकारीले मारेको पुष्टि भएको र थप एउटा सिकारीले मारेको आशङ्का गरिएको छ ।

    images

    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यस वर्ष बुढो भएर र भिरबाट लडेर २, आपसमा जुधेर २ र बाघ एवम् गोहीको आक्रमणबाट २ वटा गैँडा मरेका हुन् । गएको कात्तिक ३० मा निकुञ्जको चपरचुली पोस्टदेखि दक्षिणको खाडलमा पारेर तस्करले २ वटा गैँडा मरेका थिए ।

    त्यस्तै तस्करहरूले ६ र १८ वर्षका पोथी गैँडा खाल्डोमा पारेर मारेका थिए । ती तस्कर पक्राउ परिसकेका छन् । यसअघि भदौमा निकुञ्जकै हरदा खोला क्षेत्रमा एउटा गैँडाको हाडखोर भेटिएको थियो । तिवारीले त्यो गैँडा तस्करले मारेको आशङ्का गरेको बताउनुभयो । घटनास्थलमा खाग नभेटिएकाले तस्करले मारेको हुनसक्ने आशङ्का गरिए पनि यकिन नभएको उहाँले बताउनुभयो । अहिले पनि यो घटनाको अनुसन्धान भइरहेको छ ।

    निकुञ्ज र आसपासका क्षेत्रका बढी गैँडा प्राकृतिक कारणले मर्ने गरेका छन् । निकुञ्जले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७२र७३ यता २ सय ३५ वटा गैँडा मरेका छन् र तीमध्ये १२ वटा सिकारीले मारेको आशङ्का गरिएको छ । बुढो भएर, भिरबाट लडेर, दलदलमा फसेर, बाढीले बगाएर, आपसमा जुधेर, बाघ र गोहीले आक्रमण गरेर, विद्युतीय करेन्टमा परेर, रोग लागेर, खाडलमा परेर, विष सेवन गरेर गैँडा मर्ने गरेका छन् । निकुञ्जमा पछिल्लो गणनाअनुसार ६ सय ९४ वटा गैँडा छन् । रासस

    images
    images
    images
    प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - ०८:०९:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology