आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङका कुशल ‘कमेडी च्याम्पियन सिजन ३’ को सुपर ३० मा

धादिङका कुशल ‘कमेडी च्याम्पियन सिजन ३’ को सुपर ३० मा

नागरिक पाटी

४, माघ २०८०
  • 4.0K
    SHARES
  • धादिङका कुशल ‘कमेडी च्याम्पियन सिजन ३’ को सुपर ३० मा

    धादिङ । धादिङका कुशल अधिकारी ‘कमेडी च्याम्पियन सिजन ३’ को सुपर ३० मा पुग्न सफल भएका छन् ।

    images

    अडिशन राउण्डको छायाङ्कन सकिएर प्रसारणको तयारीमा रहेको कमेडी रियालिटी शो मा प्रतियोगीताका लागि डिजिटल अडिशनबाट १३२ जनालाई प्री–जजीङमा सहभागी गराएको थियो । ति मध्येबाट ७६ जना फिजिकल अडिशन राउन्डमा छानिदा कुशल पनि सुपर ३० मा पुग्न सफल भएका हुन् ।

    धादिङको गल्छी गाउँपालिका– ६ मुल घर भएका कुशल सदरमुकाम धादिङबेसीमा बस्दै आएका छन् । नीलकण्ठ माध्यामिक विद्यालय धादिङबेसीमा कक्षा १२ मा अध्ययनरत कुशलले एक बर्ष अघि सेन्टर फ्रुट कमेडी अन टपको उपाधी समेत जितिसकेका छन् ।

    प्रशारण हुन लागेको तेस्रो सिजनमा १३ वर्षकी बालिकादेखि जेष्ठ नागरिक सम्म प्रतिस्पर्धामा रहेको आयोजकले जनाएको छ । कान्तिपुर टेलिभिजन र डिजिटल प्लेटफर्म ओएसआरबाट शो आउन लागेको मिडिया एजेन्सी एडिले जानकारी दिएकोे छ । मुख्य प्रायोजकमा डिशहोम फाईबरनेट, आईएमईलाईफ ईन्स्योरेन्स, गोल्डस्टार शुज, यतिकार्पेट, जोय स्किन केयर प्रोडक्ट्स, महालक्ष्मी पेन्टस् तथा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्विसेसका साथै केएलदुगड रहेका छन् । भोटिङ पार्टनरमा खल्ती तथा मेक अप पार्टनर दीवान युनिसेक्स् सालोन् छन् ।

    सिजन थ्रिको निर्णायकमा सिन हास्य कलाकार द्वय सन्तोष पन्त र मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र निर्देशक प्रदीप भट्टराई रहने आयोजकले जनाएको छ । यो सिजन पनि कार्यक्रम प्रस्तोतामा रीमा विश्वकर्मा र मेक्सम गौडेल रहनेछन् । शोको पहिलो सिजनमा हिमेश पन्त, दोस्रोमा भरतमणि पौडेल विजेता भएका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ४, २०८० बिहिवार - १८:१८:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology