शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रयास नेपालद्धारा बेनिघाट रोराङका ४३० विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक वितरण

प्रयास नेपालद्धारा बेनिघाट रोराङका ४३० विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक वितरण

शिवराज आचार्य

१२, माघ २०८०
  • 4.8K
    SHARES
  • प्रयास नेपालद्धारा बेनिघाट रोराङका ४३० विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोसाक वितरण

    धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई अतिरिक्त कार्यक्रम तथा शैक्षिक सामग्री वितरण गरिएको छ।

    images
    images

    चाईल्ड फण्ड जापान र प्रयास नेपाल धादिङको साझेदारीमा बेनिघाट रोराङको वडा नम्बर ६,८र१० का १९ वटा विद्यालयमा सेफ परियोजना सञ्चालन भइरहेको छ ।

    साझेदारीमा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता परियोजना सञ्चालन भएका वडाका विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको छ। वडा नम्वर ८ अन्तर्गतको कालिका माध्यमिक विद्यालयका ९३ जना, सुर्योदयका ४६ जना, गोठीभन्ज्यॉका ४२ जना त्यस्तै वडा १० को रास्ट्रिय माध्यमिक विद्यालयका ६७ जना, पदमचौर आधारभूत विद्यालयका २९ जना, चित्रकला आ विका ३३ जना, जलकन्या आ विका ४३ जना त्यसैगरी वडा नम्वर ६ को पन्चकन्या माध्यमिक विद्यालयका ९१ जना, धुसा आविका ३७ जना बालबलिकालाई सम्बन्धित विद्यालयका प्र अ, समितीका अध्यक्ष, वडाध्यक्ष, जनप्रतिनिधी, प्रयास नेपालका कार्यकारी निर्देशक, अध्यक्ष, उपाध्यक्ष, चाईल्ड फण्डका प्रतिनिधीको रोहोवरमा सामग्री बितरण गरिएको हो।

    419394130_781237753823718_3149380024401050244_n.jpg

    बॉकी रहेका विद्यालयमा क्रमश अर्को हप्तादेखी वितरण गर्ने प्रयास नेपालले बताएको छ। । हाल परियोजना अन्तर्गत ४३० जना त्यस्ता बालवालिका पहिचान भएर प्रत्यायोजन गरिएका छन । यो संख्या ६०० पुर्याउने परियोजनाको लक्ष हो । अहिले १० वटा विद्यालयवाट मात्र त्यस्ता वालबालिक सामग्री वितरण गरिएको छ ।

    समानहरु बालबालिकाको अभिभावकको अनिवार्य उपस्थितीमा प्रदान गरिएको हो । अभिभावक नआएका बालबालिकालाई पछि पुनः अभिभावक र वडा प्रतिनिधी र बिधालयको रोहोवरमा हस्तान्तरण गरिने प्रबन्धक सिग्देलले बताए ।

    समान प्राप्त गरेपछि बालबालिका र अभिभावक खुसी भएका छन् । यसको मुख्य उद्देश्य बालवालिका शैक्षिक समाग्रीको र ड्रेसको अभावमा विद्यालय नछोडुन् र नियमित विद्यालय आउन भन्ने रहेको प्रबन्धक सिग्देलको भनाई छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १२, २०८० शुक्रवार - १९:४२:०३ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology