धार्के,धादिङ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ मा निः शूल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम भएको छ।
थाक्रे गाउँपालिका नम्बर ७ मा रहेको कालिका माध्यमिक विद्यालयमा निःशूल्क स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम भएको हो। नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाण्डौंको आयोजना तथा नेपाल प्रहरी अस्पताल महाराजगंजको प्राविधिक सहयोग र थाक्रे गाउँपालिका, धादिङको सहकार्यमा सञ्चालित निःशूल्क स्वास्थ्य शिविरमा ३ सय ८० जनाले सेवा लिएका छन।

प्रहरी अस्पताल महाराजगञ्ज, काठमाण्डौबाट प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक डा.सुवाष आचार्य र प्रहरी बरिष्ठ उपरीक्षक डा.मनोज कुमार यादव सहित दश जना विभिन्न रोग विशेषज्ञ स्वास्थ्यकर्मीहरुको टोलीले स्त्री तथा प्रसुती रोग , बाल रोग, नाक, कान, छाला सम्बन्धी, अर्थोपेडिक, ब्रेष्ट(स्तन) क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गरिएको हो।

नेपाल प्रहरी श्रीमती संघका केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरको सभाध्यक्षता तथा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको प्रमुख आथित्यता रहेको कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ केन्द्रिय महासचिव अनुश्री पाख्रिन ,केन्द्रिय कार्यक्रम सचिव श्री सन्ध्या, केन्द्रिय सहकोषाध्यक्ष कमल खनाल, नेपाल जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, इलाका प्रहरी कार्यालयका प्रमुख देवेन्द्र बहादुर साह, थाक्रे ७ का वडा अध्यक्ष युवराज खतिवडा, नेपाल प्रहरीकाका विभिन्न व्यक्तिहरु, विद्यालयका शिक्षक शिक्षिका र अध्ययनरत विद्यार्थी, अभिभावकहरू लगायतको सहभागिता रहेको थियो।