सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सर्वोत्तमको आईपीओ बाँडफाँड

सर्वोत्तमको आईपीओ बाँडफाँड

नागरिक पाटी

१७, माघ २०८०
  • 3.4K
    SHARES
  • सर्वोत्तमको आईपीओ बाँडफाँड
    images

    वैदेशिक रोजगारमा रहेकाहरूका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड भएको छ । आईपीओको नतिजा सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज बिहान आईपीओ बाँडफाँड गर्दै वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

    images

    उक्त आईपीओ बुक बिल्डिङ विधिमा खुलेको भएकाले यस विधिमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँडमा पनि कम्तीमा ५० कित्ता सेयर दिनुपर्ने व्यवस्था भएकाले ५० कित्ताका दरले बाँडफाँड गर्दा थोरै सङ्ख्यामा आवेदक मात्रै समेटिएको कम्पनीले जनाएको छ ।

    वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो । बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भई यस कम्पनीको आईपीओ खुलेको हो ।

    पुस २५ देखि माघ १० गतेसम्म वैदेशिक रोजगारमा जाने र प्रभावित स्थानीयका लागि आईपीओ खुलेकोमा प्रभावित स्थानीयको हकमा सम्पूर्ण सेयर बिक्री नभएपछि माघ २५ सम्म आवेदन दिने अवधि लम्ब्याइएको छ । प्रभावितलाई पनि सेयर बाँडफाँड भएपछि मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्नेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १७, २०८० बुधवार - १३:११:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology