आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका

इण्डियन आइडलबाट बाहिरिइन् मेनुका

नागरिक पाटी

२२, माघ २०८०
  • 5.3K
    SHARES
  • इण्डियन आइडलबाट बाहिरिइन् मेनुका

    भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को प्रतिस्पर्धाबाट मेनुका पौडेल बाहिरिएकी छन् । उत्कृष्ट १० सम्म पुगेकी मेनुका आइतबारको भागमा बाहिरिएको घोषणा गरिएको हो ।

    मेनुकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत आफू इण्डियन आइडलबाट बाहिरिएको जानकारी दिएकी छन् ।

    ‘इण्डियन आईडलको मेरो यात्रा अहिलेलाई सकिएको छ । तर नयाँ सांगीतिक यात्राको पनि भर्खर सुरु भएको छ । पहिले भन्दा अझै सक्रिय हुनेछु । यो मेरो सुरुवात हो, अन्त्य होइन’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

    उनी इण्डियन आइडलको उत्कृष्ट १० मा छनोट भएकी थिइन् । यो अवधिमा मेनुकाले ‘सलार’ मार्फत भारतीय फिल्म गायनमा डेब्यु समेत गरेकी छन् । ‘इन्डियन आइडल’मा चिकित्सकहरूले उनलाई ‘एआई भिजन चस्मा’ समेत उपहार दिएका थिए । झापाको हल्दिवारी गाउँपालिकामा जन्मिएकी फरक क्षमताकी मेनुकाको गायन प्रतिभाले भारतीय प्रतिष्ठित सञ्चार माध्यममा स्थान बनाएको थियो ।

    images

    images
    images
    images
    प्रकाशित मिति :माघ २२, २०८० सोमवार - ०६:३३:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology