सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजारमा १४ अंकको सुधार, कारोबार रकम भने घट्यो

सेयर बजारमा १४ अंकको सुधार, कारोबार रकम भने घट्यो

नागरिक पाटी

२२, माघ २०८०
  • 2.5K
    SHARES
  • सेयर बजारमा १४ अंकको सुधार, कारोबार रकम भने घट्यो
    images

    यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो ।

    images

    आज शेयर बजारमा भएको कारोबार रकम दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ बराबर छ । तीन सय १० कम्पनीको ७४ लाख ९१ हजार तीन सय तीन कित्ता शेयर ५६ हजार सात सय ७६ पटक किनबेच भएको हो

    होटल तथा पर्यटन समूह शून्य दशमलव २०, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ०९, म्युचुअल फन्ड शून्य दशमलव ०६ र निर्जीवन बीमा समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै अन्य समूहको उपसूचक चार दशमलव ६८ प्रतिशतले बढेको छ ।

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा छ दशमलव ७८ प्रतिशतको गिरावट देखिएको छ ।

    कारोबार रकमका आधारमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १८ करोड ५९ लाख पाँच हजार १४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने दाङी पावर लिमिटेडको चार लाख ४७ हजार छ सय ६७ कित्ता किनबेच भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २२, २०८० सोमवार - १६:३०:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology