धादिङ । थाक्रे गाउँपालिका–५ धादिङकी रजनी लामाले तेस्रो राष्ट्रिय विशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० जितेकी छिन् । रजनीको मिठो बोलीले भन्ने बोलको गीत वेष्ट सिंगर फिमेलको अवार्ड उचाल्न सफल भएको हो।
वेष्ट सिंगर फिमेलतर्फ रजनी लामासँगै रुपा घर्तीमगरको निर्मोहि,शर्मिला विश्वकर्माको आज सँगै, अमृता श्रीपालको राजाराजी दुई र पुजा देवकोटाको मैले मात्रै सम्झेएर बोलको गीत रहेका थिए । चार जनालाईपछि पार्दै अवार्ड चुम्न सफल भएकी हुन् ।

नेपाली गीत संगीतकर्मीहरुको सम्मानार्थ विशाल मुभिज् प्रा.लि. अनामनगरले स्वर्गीय कल्पना गैरे स्मृति फाउण्डेशनको सहयोगमा तेस्रो राष्ट्रिय विशाल लुम्विनी लोक दोहोरी अवार्ड २०८० को आयोजना गरेको हो।
‘मेरो गीतहरु दर्शक श्रोताले रुचाइदिनु भयो । सबैले भोट गरी मलाई अवार्ड जिजाउन भगवानरुपी श्रोता र दर्शकले ठूलो सहयोग गर्नु भयो’ उनले भनिन्– ‘मैले जित्नु भनेको धादिङले जित्नु हो । गीत संगीतको क्षेत्रमा अझै काम गर्ने हौसला र जिम्मेवारी थपिएको महसुस गरेको छु । मलाई जिताउन सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार र धन्यवाद छ ।’