धार्के,धादिङ । धादिङ गल्छी गाउँपालिका वडा नम्बर ६ बैरेनीमा रहेको सक्सेस एकेडेमीले १३ औं अभिभावक दिवस मनाएको छ । आज बुधबार वसन्तपञ्चमीको अवसरमा एकेडेमीले सांस्कृतिक कार्यक्रम सहित १३ औं अभिभावक दिवस मनाएको सक्सेस एकेडेमीका प्रबन्ध निर्देशक रामचन्द्र अर्यालले बताए।

सक्सेस एकेडेमीले कक्षा नर्सरी देखि कक्षा ९ सम्म अध्ययन गरी वार्षिक परिक्षामा प्रथम, द्धितिय, तृतिय हुने विद्यार्थीहरुलाई समान गरेको प्रबन्ध निर्देशक अर्यालको भनाइ छ ।

एकेडेमीले बद्री बहादुर कार्कीेको नाममा स्थापना गरिएको बद्री बहादुर कार्की स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८० बाट विद्यार्थी रविन खतिवडालाई प्रदान गरिएको छ । त्यसै गरी लोक बहादुर कार्कीको नाममा स्थापना गरिएको लोक बहादुर कार्की स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८० बाट विद्यार्थी निरज घिमिरेलाई प्रदान गरेकोे छ । त्यसै गरी लेखनाथ अधिकारीको नाममा स्थापना गरिएको लेखनाथ अधिकारी स्मृति उत्कृष्ट विद्यार्थी पुरस्कार २०८०बाट रोश्नी रुपाखेतीलाई प्रदान गरिएको छ ।

एकेडेमी व्यवस्थापन समितिले २०६८ सालबाट हाल सम्म अध्यायपन गराउँदै आएका शिक्षक, शिक्षिकालाई सम्मान गरेको प्रिन्सिपल जगत प्रसाद रिजालले बताए । कार्यक्रमा एकेडेमीका नर्सरी देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न किसिमका सांस्कृतिक प्रस्तुती देखाएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद अधिकारीको अध्यक्षता रहेको कार्यक्रममा नम्बर ६ बाहिनी अडाका प्र।सेनानी(कर्नेल) प्रकास घिमिरे एडमार्क एकेडेमी कलेज तथा विज्डम एकेडेमीका अध्यक्ष पुरुषोत्तम अधिकारी, गल्छी गाउँपालिकाका शिक्षा शाखा प्रमुख पेमादोर्जे थोकर, शिक्षक,शिक्षिका,विद्यार्थी,अभिभावक लगायतको उपस्थिति रहेको थियो ।
केही तस्बिरहरु : शिवराज आचार्य






