स्टार माइक्रो इन्स्योरेन्सले साधारण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले फागुन २७ गतेको साधारण सभाबाट कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।
सभामा आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल गर्ने उल्लेख गरिएको छ । साथै चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा राखेको छ ।