इष्टर्न साहारा कम्पनी लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ । प्रतिकित्ता सेयर मूल्य एक सय रुपैयाँदरको आईपीओ निष्कासन गर्न कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय नक्साल, काठमाण्डौंमा आयोजित एक विशेष कार्यक्रममा इष्टर्न साहारा कम्पनी लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
वि.संं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय बिर्तामोड नगरपालिका चारपाने झापामा रहेको छ । कम्पनीले छरिएर रहेको स–सानो पूँजीलाई एकीकृत रुपमा परिचालन गर्दै मुख्य रुपमा ग्रीन फाइनान्सिङ्गलाई प्रवद्र्धन गर्ने तथा कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने परियोजनामा लगानी गर्ने उद्देश्य राखेको छ ।