धार्के । धादिङको धुनिवेशीमा रहेको कालिका आधारभुत विद्यालयको अध्यक्षमा राम प्रसाद गजुरेल चयन हुनु भएको छ ।
धुनिवेशी नगरपालिका वडा नम्बर ४ मा रहेको कालिका आधारभूत विद्यालयमा आज आइतबार बसेको अभिभावक भेलाले रामप्रसाद गजुरेलको अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यवस्थापन समिति गठन गरेको छ। त्यसै गरी भिमसेन गजुरेलकोअध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको विद्यालयले बताएको छ ।
कार्यक्रमा धुनिबेशी नगरपालिकाका कार्यपालिका सदस्य बिना मिजार , नगरपालिका शिक्षा युवा तथा खेलकुद विकास शाखाका प्रमुख कर्ण बहादुर भुवाजी, वडा न ४का वडा सदस्यहरु प्रकाश प्रसाद गजुरेल,केशव मिजार, पुर्ब विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ,जीवनपुर साना किसान कृषि सहकारिका प्रबन्धक रमेश रुपाखेती ,समाजसेबी राम नाथ गजुरेल लगायतको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक शिवहरी रेग्मीले बताए ।