धार्के । धादिङको थाक्रेमा रहेको जनजागृती माध्यमिक विद्यालयको अध्यक्षमा हिरा बहादुर थापा (राजेन्द्र) चयन हुनु भएको छ ।
थाक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको जनजागृती माध्यमिक विद्यालयमा आज सोमबार बसेको अभिभावक भेलाले वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहनु भएको हिरा बहादुर थापा (राजेन्द्र) को अध्यक्षतामा ९ सदस्यीय विद्यालय ब्यवस्थापन समिति गठन गरेको छ।
त्यसै गरी इश्वर थापाको अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको विद्यालयका प्रधानाध्यापक लावण प्रसाद फुयलले जानकारी दिनु भएको छ ।