आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

साताको शेयर बजार : करिब ३ प्रतिशत घटेर बन्द

साताको शेयर बजार : करिब ३ प्रतिशत घटेर बन्द

नागरिक पाटी

१२, फाल्गुण २०८०
  • 2.9K
    SHARES
  • साताको शेयर बजार : करिब ३ प्रतिशत घटेर बन्द

    यो साता नेप्से परिसूचक करिब ३ प्रतिशत घटेर बन्द भएको छ। गत साता २०६२.०३ विन्दुमा बन्द भएको नेप्से, यस साता २.७३ प्रतिशत अर्थात ५६.२० अंक घटेर २००५.८३ विन्दुमा झरेको छ। साताको ४ कारोबार दिनका लागि मात्र बजार खुलेको थियो। जसमध्ये सबै कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको थियो।

    images

    यो साता सेन्सेटिभ इण्डेक्स ८.९९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ४.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०८ अंक घटेको छ। नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ३ अर्ब ८ करोडको शेयर कारोबार भएको छ। गत साताको दैनिक औषत कारोबारको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २४.६३ प्रतिशत अर्थात १ अर्ब कम हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या २०.५७ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २.५१ प्रतिशत घटेको छ।

    यो साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ३ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब ४१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८८ अर्ब घटेर ३१ खर्ब ५३ अर्ब रुपैयाँमा सीमित भएको छ।

    १३ उपसमूहमध्ये यस साता १ उपसमूहको परिसूचक बढेको छ भने अरु १२ उपसमूहको परिसूचक घटेको छ। यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ४.०६ प्रतिशत बढेको छ। गत साता ५७४४.१५ विन्दुमा बन्द भएको नेप्से, यस साता २३२.९९ अंक बढेर ५९७७.१४ विन्दुमा पुगेको छ।

    यो साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.१८ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३९६.२८ अंक घटेको छ। नेप्सेमा २ कम्पनीको १ करोड १९ लाख ६४ हजार २५१.३७ कित्ता नेप्सेमा सूचीकृत भएको छ। यस साता मितेरी डेभलपमेन्ट बैंकको बोनस शेयर र घलेम्दी हाइड्रोको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १२, २०८० शनिवार - ०८:३७:४३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology