आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रियालाई मिस तामाङको उपाधि

रियालाई मिस तामाङको उपाधि

नागरिक पाटी

१३, फाल्गुण २०८०
  • 3.5K
    SHARES
  • रियालाई मिस तामाङको उपाधि

    मिस तामाङ २०२४ को उपाधि रिया तामाङले हात पारेकी छिन् । मम्स इन्टरनेशनलको आयोजनामा गरिएको मिस तामाङ १६ औं संस्करणमा शनिबार रिया ‘मिस तामाङ २०२४’को विजेता बनेकी हुन् ।

    images

    शनिवार राष्ट्रिय सभागृहमा सम्पन्न ग्राण्ड फिनालेमा १४ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनी विजेता बनिन् । उनलाई मिस तामाङ २०२३ की विजेता पासाङयाङ्जी तामाङले ताज पहिरिदिएकी थिएकी थिइन् ।

    त्यस्तै फस्ट रनर अप स्मृति योन्जन, सेकेन्ड रनर अप अमृता लामा तामाङ र थर्ड रनर अप पेमाडोमा लामा भएकी छन । फस्ट रनरअफ स्मृतिले मल्टिमिडिया टाइटल समेत हात पारिन् ।

    मिस तामाङ विजेताले नगद १ लाख, फस्ट रनर अफले ५० हजार, सेकेन्ड रनर अफले ३० हजार रुपैयाँको पुरस्कार सहित क्राउन र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

    प्रतियोगिताको निर्णायक मण्डलमा गायक प्रदिप बमजन‚ तामाङ  चलचित्र संघ नेपालका अध्यक्ष एवं अभिनेता कुमार मोक्तान, पूर्व मिस तामाङ सुमी मोक्तान, सञ्चारकर्र्मी गंगा घिसिङ लगायत रहेका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १३, २०८० आइतवार - ११:२५:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology