सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

निरन्तर घट्दै नेप्से, आईतबार कारोबार रकम पनि घट्यो

निरन्तर घट्दै नेप्से, आईतबार कारोबार रकम पनि घट्यो

नागरिक पाटी

१३, फाल्गुण २०८०
  • 2.0K
    SHARES
  • निरन्तर घट्दै नेप्से, आईतबार कारोबार रकम पनि घट्यो
    images

    साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो साताको बिहीबारदेखि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    images

    आइतबार नेप्से परिसूचक २६८१ अंक घटेर १९.७९.०२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ५.७४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.०४ अंक घटेको छ।

    नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ३ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१७ स्टकको ७१ हजार ८८० पटकको कारोबारमा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको ८५ लाख ४६ हजार कित्ता शेयर कारोबार भएको छ।

    नेप्से घटेपनि यस दिन बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य पछिल्ला ८ कारोबार दिनदेखि उच्च दरमा बढीरहेको छ। त्यस्तै, यस दिन चिरख्वा हाइड्रोपावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ। यस दिन समाज लघुवित्त वित्तीय संस्था र मोलुङ्ग हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

    २३.८० प्रतिशत बोनस शेयर वितरणपश्चात २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने घोषणा गरेको सन नेपाल लाइफ इन्स्योरेन्स भने यस दिन कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन जोशी हाइड्रोपावर र हिमालयन रि इन्स्योरेन्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

    १३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १.४० प्रतिशत बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४२ प्रतिशत घटेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १३, २०८० आइतवार - १५:२०:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology