आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने

क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने

नागरिक पाटी

१४, फाल्गुण २०८०
  • 4.1K
    SHARES
  • क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने

    क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले आगामी चैत ५ गते बस्ने साधारणसभामा प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव लैजाने भएको छ । यससम्बन्धी प्रक्रियागत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारणसभाले पारित गर्नेछ । कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन आवश्यक परेमा संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव साधारणसभाले पारित गर्नेछ ।

    images

    ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तार गर्ने लक्ष्यका साथ बीमा प्राधिकरणले ७ लघुबीमा कम्पनीलाई सञ्चालनका लागि स्वीकृति दिएको हो । यस्ता लघुबीमा कम्पनीहरुको चुक्ता पूँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ । सोही चुक्ता पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्नेछन् ।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १४, २०८० सोमवार - ०९:५६:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology