आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार

सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार

नागरिक पाटी

१९, फाल्गुण २०८०
  • 2.7K
    SHARES
  • सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार

    सुत्केरी हुन नसकेर छटपटाइरहेकी रामेछापको दोरम्बा शैलुङ गाउँपालिका –२ दोरम्बाकी ४१ वर्षीया सपना तामाङलाई हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

    images

    सुत्केरी हुन नसकेर पीडामा परेकी तामाङलाई रामेछाप प्रदेश (ख) का सांसद युवराज चौलागाईँको विशेष पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि शुक्रवार काठमाडौँको प्रसूति गृहमा पठाइएको हो ।

    समयमै सुत्केरी हुन नसकेर मरणासन्न अवस्थामा पुगेकी तामाङलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धारगरी थप उपचारका लागि काठमाडौँको प्रसूति गृह पठाइएको सांसद चौलागाईले बताउनुभयो । प्रसव पीडाले छटपटाइरहेकी तामाङको उद्धारका लागि आफूले बागमती प्रदेश सरकारको तर्फबाट निःशुल्क हेलिकप्टरको व्यवस्था गरिदिन बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेललाई आग्रह गरेपछि महिलाको उद्धार भएको उहाँले बताउनुभयो ।


    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार - ०७:५८:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology