साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचकमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से ११.७८ अंकले घटेर १९६०.३० को विन्दुमा झरेको हो ।
यस दिन ३०९ धितोपत्रका ५५ लाख ७४ हजार २०७ कित्ता सेयर दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ रुपैयाँमा किनबेच भएको छ ।
१३ उपसमूहमध्ये ११ वटाको समूहगत सूचक घटेको छ । दुईवटाको समूहगत सूचक बढेको छ । होटेल तथा पर्यटन क्षेत्र र उत्पादन तथा प्रशोधन क्षेत्रको समूहगत सूचक बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।