आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

किसानलाई भुक्तानी गर्न डिडिसीलाई तिस करोड

किसानलाई भुक्तानी गर्न डिडिसीलाई तिस करोड

नागरिक पाटी

३, चैत्र २०८०
  • 6.8K
    SHARES
  • किसानलाई भुक्तानी गर्न डिडिसीलाई तिस करोड

    काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको भुक्तानीका लागि दुग्ध विकास संस्थान (डिडिसी) लाई ३० करोड र बिमा कम्पनीलाई ४८ करोड रुपियाँ उपलब्ध गराएको छ । डिडिसीलाई ३० करोड रुपियाँ सहुलियत ऋण तथा बिमा प्राधिकरणमार्फत ४८ करोड रुपियाँ अनुदानबापतको रकम सम्बन्धित बिमा कम्पनीलाई उपलब्ध गराएको कृषि मन्त्रालयले जनाएको छ ।

    images

    डिडिसीले चार÷पाँच महिनादेखि दुध उत्पादन गर्ने किसानलाई भुक्तानी दिएको थिएन । दुध तथा दुग्धजन्य पदार्थ अत्यधिक मौज्दात रहेका कारण किसानलाई समयमा भुक्तानी गर्न नसकेको भन्दै डिडिसीले कृषि मन्त्रालयसँग सहुलियत ऋण माग गरेको थियो । नवनियुक्ति कृषिमन्त्री ज्वालाकुमारी साहको विशेष पहलमा किसानका लागि डिडिसीलाई यो रकम उपलब्ध गराउन सफल भएको मन्त्रीका स्वकीय सचिव रविन पटेलले बताउनुभयो ।

    मन्त्रालय सम्हालेकै दिन मन्त्री साहले दुध किसानको बक्यौता रकम उपलब्ध गराउनका लागि आफूले विशेष पहल गर्ने बताउनुभएको थियो । पहिलो चरणमा उहाँले डिडिसीलाई ऋणबापत ३० करोड रुपियाँ उपलब्ध गराएको स्वकीय सचिव पटेलले बताउनुभयो । कृषिमन्त्री ज्वाला साहले शुव्रmबार नै अर्थमन्त्री वर्षमान पुनसँग कृषि क्षेत्रका समस्याका बारेमा छलफल गर्नुभएको छ । गोरखापत्रबाट

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - ०८:०६:०० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology