शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

त्रिविद्वारा स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चाएर पुनः सार्वजनिक

त्रिविद्वारा स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चाएर पुनः सार्वजनिक

नागरिक पाटी

३, चैत्र २०८०
  • 3.1K
    SHARES
  • त्रिविद्वारा स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चाएर पुनः सार्वजनिक

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । यसअघि सार्वजनिक गरेको परीक्षा तालिकामा त्रुटि भेटिएपछि पनिकाले सच्याएर तालिका पुनः सार्वजनिक गरेको हो ।

    images
    images

    यसअघि शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार चैत २८ गतेदेखि हुने भनिएको परीक्षामा चैत ३१ गते पनि परीक्षा राखिएको थियो । जबकि चैत महिना ३० गतेसम्म मात्रै छ । त्रुटिपूर्ण तालिकाबारे विरोध सुरु भएपछि पनिकाले आफ्नो वेबसाइटबाट हटाएको थियो ।

    आज पुनः तालिका सच्याएर सार्वजनिक गरेको हो । यसअघि चैत ३१ गतेका लागि राखिएको माईक्रोईक्नोमिक्स फर बिजनेस विषयको परीक्षा अब २०८१ वैशाख २ गते हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३, २०८० शनिवार - १७:२५:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology