शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

तराई-मधेसमा आज होली मनाइँदै

तराई-मधेसमा आज होली मनाइँदै

नागरिक पाटी

१२, चैत्र २०८०
  • 4.2K
    SHARES
  • तराई-मधेसमा आज होली मनाइँदै

    आज तराई–मधेस क्षेत्रमा होली पर्व मनाइँदै छ । मुलुकका पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट आज सोमबार तराई–मधेसमा होली मनाउने गरिएको छ ।

    images
    images

    वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिइ आउने फागू पर्व विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

    त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

    त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली ९फागु० खेल्ने परम्परा चलेको जनविश्वास छ ।

    तराई क्षेत्रमा होलीमा जोगिरा गीत गाउने चलन छ भने आफन्तहरू मिलेर रंगहरु दलेर एकापसमा खुसीयाली साटासाट गर्ने चलन रहँदै आएको छ । होलीका अवसरमा मधेसका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०८० सोमवार - ०७:४७:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology