सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

नागरिक पाटी

१२, चैत्र २०८०
  • 2.5K
    SHARES
  • सेयर बजारमा दोहोरो अंकको गिरावट
    images

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ०१ अंकले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।

    images

    आज तीन सय चार कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ बराबरको कारोबार भएको छ ।

    होटल तथा पर्यटन समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन दुई दशमलव १९, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

    बैंकिङ एक दशमलव २२, विकास बैंक एक दशमलव ४९, वित्त शून्य दशमलव ८५, जलविद्युत् एक दशमलव १२ र लगानी समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी, जीवन बीमा समूह शून्य दशमलव ९६, उत्पादन दुई दशमलव २५, निर्जीवन बीमा शून्य दशमलव ७७ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

    बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु २८ करोड ९० लाख २५ हजार आठ सय ५६ बराबरको कारोबार भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०८० सोमवार - १८:२१:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology