मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

दोहोरो अंकले बढ्यो नेप्से

दोहोरो अंकले बढ्यो नेप्से

नागरिक पाटी

९, बैशाख २०८१
  • 3.1K
    SHARES
  • दोहोरो अंकले बढ्यो नेप्से

    आइतबार नेप्से दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा रोकिएको हो । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम भएको छ ।

    images

    आज ३१० कम्पनीका ६३ लाख ९३ हजार २४५ कित्ता सेयर २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४५६ रुपैयाँ बराबर कारोबार भएका थिए । आज दुई समूहको उपसूचक डेभलपमेन्ट बैंक र म्युचुअल फण्डको सेयर मूल्य घटेको थियो भने अन्य समूहको उपसूचक बढेका छन् ।

    आज दोल्टी पावरको सेयर सर्वाधिक ९.८८ प्रतिशतले बढेको छ भने पिपुल्स पावरको सेयर मुल्य सबैभन्दा बढी ७.४६ प्रतिशतले घटेको थियो ।

    त्यसैगरी आज कारोबार रकमका आधारमा गोर्खाज फाइनान्सको १० करोड मूल्य बराबरको सेयर कारोबार भएको छ भने सर्वोत्तम सिमेन्टको ७ लाख ८८ हजार बराबरको शेयर कारोबार भएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ९, २०८१ आइतवार - १८:४५:३९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology