मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

दोहोरो अंकले घट्यो नेप्से !

दोहोरो अंकले घट्यो नेप्से !

नागरिक पाटी

१०, बैशाख २०८१
  • 2.7K
    SHARES
  • दोहोरो अंकले घट्यो नेप्से !

    साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.७७ प्रतिशत अर्थात १५.४१ अंकले घटेर १ हजार ९६९.०२ विन्दुमा सीमित बनेको छ ।

    images

    यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८० प्रतिशतले घटेर ३४७.९५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर २ अर्ब ५ करोड ८३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

    नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा समूहबाहेक अन्य सबै समूहमा रातो पोतियो । आज म्युचुअल फण्ड समूह ०.०२ प्रतिशतले बढ्यो ।

    आज फाइनान्स समूहमा सबैभन्दा धेरै गिरावट देखियो । फाइनान्स समूह २.१० प्रतिशतले घटेको आज बैंकिङ समूह ०.३, विकास बैंक ०.९५,होटल ०.३४,हाईड्रो ०.९१,लगानी ०.६०,जीवन बीमा ०.७९,उत्पादन तथा प्रशोधन १.२०,लघुवित्त ०.९७,निर्जीवन बीमा ०.५४,अन्य ०.४९ र व्यापार समूह ०.४४ प्रतिशतले घटेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १०, २०८१ सोमवार - १८:३७:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology