मंगलवार, श्रावण १२ गते २०८३

Tuesday, Jul 28 2026 मंगलवार, श्रावण १२ गते २०८३

नेप्से आज शून्य दशमलव सात प्रतिशतले बढ्यो

नेप्से आज शून्य दशमलव सात प्रतिशतले बढ्यो

नागरिक पाटी

१७, बैशाख २०८१
  • 2.5K
    SHARES
  • नेप्से आज शून्य दशमलव सात प्रतिशतले बढ्यो

    शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव सात प्रतिशतले बढेर एक हजार नौ सय ८० दशमलव ३४ विन्दुमा पुगेको छ ।

    images

    आज फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेकोमा होटल, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन, अन्य र व्यापार समूहको शेयर भने घटेको छ । आज पोखरा फाइनान्स र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार खासै घटबढ नभएको दिन पिपुल्स पावर कम्पनीको शेयर छ प्रतिशतले घटेको छ ।

    आज तीन सय १७ वटा कम्पनीको ७३ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्सको १७ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - १६:११:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology