सोमवार, कार्तिक ९ गते २०८३

Monday, Oct 26 2026 सोमवार, कार्तिक ९ गते २०८३

नेप्से आज शून्य दशमलव सात प्रतिशतले बढ्यो

नेप्से आज शून्य दशमलव सात प्रतिशतले बढ्यो

नागरिक पाटी

१७, बैशाख २०८१
  • 2.9K
    SHARES
  • नेप्से आज शून्य दशमलव सात प्रतिशतले बढ्यो
    images

    शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो दोहोरो अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव सात प्रतिशतले बढेर एक हजार नौ सय ८० दशमलव ३४ विन्दुमा पुगेको छ ।

    images

    आज फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेकोमा होटल, हाइड्रोपावर, लगानी, बीमा, उत्पादन, अन्य र व्यापार समूहको शेयर भने घटेको छ । आज पोखरा फाइनान्स र जानकी फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । बजार खासै घटबढ नभएको दिन पिपुल्स पावर कम्पनीको शेयर छ प्रतिशतले घटेको छ ।

    आज तीन सय १७ वटा कम्पनीको ७३ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब ९५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्सको १७ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १७, २०८१ सोमवार - १६:११:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology