शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रिडी पावरको सेयर नपाउनेलाई बिहीबारदेखि पैसा फिर्ता हुने

रिडी पावरको सेयर नपाउनेलाई बिहीबारदेखि पैसा फिर्ता हुने

नागरिक पाटी

१८, बैशाख २०८१
  • 2.4K
    SHARES
  • रिडी पावरको सेयर नपाउनेलाई बिहीबारदेखि पैसा फिर्ता हुने

    रिडी पावर कम्पनीको लिलामी सेयर खरिदका लागि आवेदनका साथ रकम भुक्तानी गरेका, तर सेयर नपाएकाले बिहीबारदेखि पैसा फिर्ता पाउने भएका छन् । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै बिहीबारदेखि रकम फिर्ता गरिने जनाएको हो ।

    images
    images

    रिडी पावरको हकप्रदमा बिक्री नभएको ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामी बिक्रीमा आएको थियो । सो सेयरमा बोलपत्र आवेदन गर्नेमध्ये धेरै मूल्य प्रस्ताव गरेका आधारमा बाँडफाँट गरिएको छ ।

    जसअनुसार अन्तिम कटअफ मूल्य १४८ रुपैयाँ १० पैसा कायम भएको क्यापिटलले जनाएको छ । सोभन्दा माथिको मूल्यमा आवेदन दिएकाले सेयर पाउनेछन् । सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १६९ रुपैयाँ छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १८, २०८१ मंगलवार - ०९:४६:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology