शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

नागरिक पाटी

२६, बैशाख २०८१
  • 3.0K
    SHARES
  • आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

    वैशाख कृष्ण औँसी, अर्थात् आमाको मुख हेर्ने दिन। नेपाली संस्कृतिमा यो दिन मातातीर्थ औँसीका नामले परिचित छ। दुःखकष्ट खेपेर ९ महिनासम्म कोखमा राख्ने, जन्मिसकेपछि अमृततुल्य दूध र वात्सल्य दिएर हुर्काउने आमाको सम्मानमा यो पर्व मनाइन्छ।

    images
    images

    छोराछोरीले आज बिहानै उठी स्नान गरी आमालाई मनपर्ने खानेकुरा खुवाउने, लुगाफाटोलगायत उपहार दिने र उनीसँग आशीर्वाद थाप्ने परम्परा छ। आमा नभएकाले भने तर्पण वा श्राद्ध गरेर उनको सम्झना गर्छन्। अरुको ऋण विभिन्न उपायबाट तिर्न सजिलो हुने भए पनि मातृऋण अर्थात् दूधको भारा तिर्न साह्रै कठिन हुन्छ भन्ने मान्यता छ।

    ‘कुपुत्रो जायते क्वचदपि कुमाता नभवति’ अर्थात् सन्तान खराब बन्न सक्छन् तर आमा छोराछोरीका लागि खराब कहिल्यै हुन सक्दिनन् भन्ने मान्यता छ। मनुस्मृतिमा ‘सहस्रं तु पितृन् माता गौरवेणाऽतिरिच्यते’ अर्थात् माता पिताभन्दा हजार गुणले गौरवपूर्ण हुन्छिन् भनिएको छ।​

    महाभारतको वन पर्वमा ‘पृथ्वीभन्दा पनि ठूलो चीज के हो’ भन्ने यक्षको प्रश्नमा युधिष्ठिरले जवाफ दिएका छन्, ‘संसारमा पृथ्वीभन्दा ठूली आमा हुन्।’ राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–६ थानकोट नजिकैको मातातीर्थमा यो दिन आमाको सम्झना गर्ने घुइँचो लाग्छ। आमा नहुनेहरूले यहाँ श्राद्ध-तर्पण गर्छन्।

    बुधबार ९ घडी २१ पला अर्थात् बिहान ९ बजेर ६ मिनेटसम्म मात्र औँसी तिथि रहेको पञ्चाङ्गमा उल्लेख छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २६, २०८१ बुधवार - ०८:०५:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology