प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नारायणी नदीमाथि बन्न लागेको नयाँ पुलको शिलान्यास गरेका छन्। सोमबार एक कार्यक्रमका बीच प्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरपालिका र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका जोड्ने नारायण नदीमा निर्माण हुन लागेको 'सिग्नेचर पुल' को शिलान्यास गरेका हुन्।
हाल रहेको नारायणी पुलसँगै ४२० मिटर लामो सिग्नेचर ब्रिज बनाउन लागिएको हो।