आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सातै प्रदेशको आर्थिक वृद्धि घट्यो, सबैभन्दा कमजोरमा वाग्मती प्रदेश

सातै प्रदेशको आर्थिक वृद्धि घट्यो, सबैभन्दा कमजोरमा वाग्मती प्रदेश

नागरिक पाटी

३१, बैशाख २०८१
  • 3.4K
    SHARES
  • सातै प्रदेशको आर्थिक वृद्धि घट्यो, सबैभन्दा कमजोरमा वाग्मती प्रदेश

    नेपालका सातवटै प्रदेशको आर्थिक वृद्धि घटेको पाइएको छ । विश्व बैंकको पछिल्लो ‘नेपाल वित्तीय संघीयता अपडेट’ले सन् २०२३ मा आर्थिक वृद्धि घटेको देखाएको हो ।

    images

    सन् २०२३ मा प्रदेश सरकारहरूको आर्थिक वृद्धि सन् २०२० यताकै कम भएको हो । आर्थिक वृद्धि सबैभन्दा सुस्त हुनेमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) रहेको वाग्मती प्रदेश रहेको छ । वाग्मतीको आर्थिक वृद्धि १.४ प्रतिशत रहेको छ ।

    दोस्रो नम्बरमा मधेस प्रदेशको आर्थिक वृद्धिदर १.७ प्रतिशत छ । सुदूरपश्चिमको आर्थिक वृद्धिदर १.८ प्रतिशत, कर्णालीको १.९ प्रतिशत र कोसीको २.० प्रतिशत छ । लुम्बिनीको आर्थिक वृद्धिदर २.१ प्रतिशत र सबैभन्दा धेरै गण्डकीको ३.३ प्रतिशत रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

    सन् २०२२ को आर्थिक वर्षमा आर्थिक वृद्धिदर कोसीको ५.५, मधेसको ४.६, वाग्मतीको ६.३, गण्डकीको ६.४, लुम्बिनीको ५.०, कर्णाली ५.३ र सुदूरपश्चिमको ४.८ प्रतिशत रहेको थियो ।

    थोक र व्यापार क्षेत्रमा संकुचनका कारण सेवा र औद्योगिक दुवै क्षेत्रमा मन्दी रहेको विश्व बैंकले जनाएको छ । संघीय सरकारले आयातमा लगाएको प्रतिबन्धको असरका कारण सन् २०२३ को पहिलो अर्धवार्षिकीमा प्रदेशको थोक तथा व्यापारमा असर परेको प्रतिवेदनमा उल्लेख छ ।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख ३१, २०८१ सोमवार - १७:४८:४८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology