धादिङकी छोरी मेडिकल डाक्टर मुस्कान पोखरेलको परिचय यतिबेला कविको रूपमा पनि दर्ज भएको छ ।
‘द पोएट आइडल’को अन्तिम चरणमा पुगेकी उनको यतिबेला चर्चा चुलिँदो छ । अन्तिम चार प्रतिस्पर्धी उनको अबको जित निर्धारण भोटिङले गर्ने छ । विजेताले नगद १० लाख रुपैयाँ सहित ट्रफी उचाल्ने छ ।
पुरापुरी तीन महिनामा ३० शृङ्खलासम्म प्रसारण भएको आइडलको आगामी जेठ १२ गते शनिबार नजिता सार्वजनिक हुँदै छ । टप चारमा मुस्कानसँगै विजय लुइँटेल (इलाम), सिमियोङ सुकिता राई (सिक्किम) र मोहित जोशी (कैलाली) रहेका छन् ।
प्रतियोगीलाई नेपालबाट ओएसआर कनेक्ट तथा विदेशबाट खल्ती र (इ)सेवाबाट पनि भोट गर्न सकिन्छ ।